दफा ८४
सेवाबाट हटाउने वा बरखास्त गर्ने
(१) देहायका कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा संघीय संसद र अन्य सरकारी सेवाकोनिमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन सकिनेछः-
(क) कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा,
(ख) आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेमा,
(ग) कार्यालयको समयमा बराबर लागू पदार्थ वा मादक पदार्थको सेवन गरेमा,
(घ) बराबर अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा,
(छ) विदा स्वीकृत नगराई लगातार साठी दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।
(२) देहायको कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा संघीय संसदद र अन्य सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्न सकिनेछः-
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा,
(ख) भ्रष्टाचार गरेमा ।